/धुवा रहित सुर्तीजन्य पदार्थको सेवन र जनस्वास्थ्य

धुवा रहित सुर्तीजन्य पदार्थको सेवन र जनस्वास्थ्य

Reading Time: 0 minute



डा. शिशिर पोखरेल

धुवारहित सुर्तीजन्य पदार्थको प्रयोग गुटका, पानको रुपमा नेपालमा गर्ने गरिएको पाइन्छ। सुपारी र विभिन्न क्यान्सर कारक रसायनको मिश्रण गरी बनाइने यो पदार्थ नेपाली बजारमा बिभिन्न नामले बिक्री हुने गरेको छ। नेपाल, भारत, पाकिस्तान, बंगलादेश आदि देशहरूमा गुटका र अन्य धुवारहित सुर्तीजन्य पदार्थको सेवन गर्नेको संख्या अत्याधिक छ। भारत, पाकिस्तानमा गुटका सेवन अनी यसले स्वास्थ्यमा पारेको असरबारे सोध भएको छ। विकाशील राष्ट्रहरूको आर्थिक समाजीक अवस्था उस्तै भएकाले यी सोधको नतीजा नेपालको परिपेक्षमा मिल्न जाने कुरामा दुई मत नहोला।

बजारमा बिभिन्न नाममा पाइने गुटका सुपारीको असर भने धेरै थोरै उस्तै हुन जान्छ। सोध अनुसार गुटका सेवन युवा अवस्थामा साथीभाइको सिको गर्नबाट सुरु हुन्छ। बुवा–आमाको सिको गर्दै बालबलिका समेत यसको लतमा गर्ने गरेका छन्। पाकिस्तान, भारत र नेपालमा १३–१९ उमेर भएका र त्यो भन्दा माथि उमेर भएका २०–३० प्रतिशत ले बिभिन्न प्रकारका गुटका र गुटका जस्तै पदार्थ सेवन गर्छन। गुटका सेवन गर्दा मुखमा गीजा र सम्बधित रोगहरू हुनेको संख्या अत्यधिक रहेको पाइन्छ। दातको रंग समेत फोहोर देखिने गरेको छ। मुखको क्यान्सर हुने बिरामीमध्ये धेरै जसोले गुटका सेवन गरेको पाइन्छ। भारतको एक सोध अनुसार धुवा रहित सुर्तीजन्य पदार्थको सेवन ले हार्ट अटैकको सम्भावना २२० प्रतिशतले वृद्धि हुन्छ। यसले पक्षघातको सम्भावना समेत वृद्धि गर्दछ। गर्भवती महिलाहरू जसले धुवा रहित सुर्तीजन्य पदार्थ प्रयोग गर्छन् उनीहरूका बालबालिकाको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्न जान्छ।

गुटका र गुटका जस्तै पदार्थको प्रयोगकर्ताले समयमै यसको प्रयोग बन्द गरेमा मात्र यसको हानिबाट बच्न सकिन्छ। हैन भने मुखको सुगन्धको लागि सेवन गरेको गुटकाले जीवनलाई दुर्गन्धित बनाउँछ। भारतको बिभिन्न प्रदेश सरकारले धुवारहित सुर्तीजन्य पदार्थको बिक्री बितरणमा रोक लगाएका छन्। नेपालमा पनि केन्द्र सरकार, प्रदेश सरकार वा स्थानीय सरकारले धुवा रहित सुर्तीजन्य पदार्थको बिक्री बितरणमा रोक लगाउनु र जनचेतना बढाउन आवश्यक देखिन्छ।
(लेखक पब्लिक हेल्थमा एम.पी.एच गरिरहेका छन् ।)