/नेपालमा रातो कपडा मात्रै किन लगाउछन?

नेपालमा रातो कपडा मात्रै किन लगाउछन?

Reading Time: 0 minute

आइदा अबादपौर, जर्मनी

नेपालको सगरमाथाले गर्दा ‘नेपाल’ शब्द सँगै यसको उचाई जोडिन्छ । मैले न्यानो मन भएका मानिसहरु र उनीहरुका सहयोगी हातको स्पर्ष नेपाल प्रवेश गर्दै गर्दा नै महसुस गरे र मेरो लागि उमंंगको ढोका पनि यहि बाट खुलेको थियो ।

मैले मेरो यात्रा पूर्व तर्फ सुरु गरेसंगै मानिसहरुको हसिलो अनुहार मैले ख्याल गरेको पहिलो कुरा हो । मानिसहरुले लगाएको कपडा र टीकालाई हरेर नेपालीहरुको राष्ट्रिय रंग नै रातो हो कि जस्तो लाग्यो र पछि यो पनि थाहा पाए लालीगुरास राष्ट्रिय फुल सिम्रिकको रातो रंग नै राष्ट्रिय रंग रहेछ । जातिय भेषभूषा र गहनामा विषेश रुची भएकाले होला महिलाहरुले लगाएको बिन्दी र पुरुषहरुले लगाउने तिलकसँगै टोपीले उनीहरुको सुन्दरता निखारेको अभास भयो । यसरी नेपालीहरुको पहिरन देख्दा मलाई स्वर्गमा पुगे जस्तो लाग्यो ।


मेरो यात्रा काठमाडौैंबाट रामेछापका गोरेटोहरु र सुन्दर गाँउघर हेदैं रामेछाप तर्फ अगाडि बढे । रामेछापको केहि दिनको बसाई पश्चात म झापा हानिए । झापा पुगेपछि एकाएक माहोल बद्लियो । रामेछाप भन्दा झापामा अझ बढी रमाइलो थियो । सुन्दर चिया बगान, गहुँ र धानबारीहरु हेर्दै सडक छेउका जंगलहरु हेरेर रमाउँदै म झापा पुगे । मैले जिवनमा भेटेका मानिसहरु मध्ये सिद्धार्थ र जुनु सबै भन्दा प्रिय लागे । जसले मलाई न्यानो अतित्थयताका साथ स्वागत गरे । म आफ्ना दुई महिना अघि देखिका भारीहरु बिसाइ र मिलाउन पाँउदा म हषिर्त थिए । लामो यात्रा गर्दा र त्यसमा पनि रमाइलोपन हरायो भने सायद सबै भन्दा खल्लो त्यही होला । सँघुरो घर र आफूले आफैंलाई राम्रोसँग स्याहर्न सकिएन भने पनि यात्रा कठिन हुन्छ । तर मैले झापा बसाईमा कहिले असहजता खेप्नु परेन ।

बिर्तामोड र यसका आसपासका ठाँउहरु शन्तिनगर, अजुर्नधारामा पनि गएर केहि रात बिताए, माइलाइफ पत्रिकाका साथीहरुको घरमा । त्यँहाका मानिसहरुको अतिथ्यता र उनीहरुले हरेक पटक तयारी गर्ने ताजा खाना र सब्जीले मैले मेरो देशमा कयौ दिन देखि फ्रिजमा राखिएका खानेकुरा सम्झिए । करेसाबारीको एक छेउबाट टपक्क ल्याइने राता टमाटार र काउली पकाउदा त्यसमा आउने स्वाद जिवनभर बिर्सिन नसक्ने रहने छ । जिवनभर कहिले नदेखेका परम्परागत कृषी प्रणाली देखेर म दंग भए । उखुका आख्ला बारीमा गएर त्यसको रस चुस्दा आउने मज्जाको म यहाँ व्यख्या गर्न सक्दिन न त म बिहानै नेपाली महिलाले दुहुने गाईको दुध नै बिर्सन सक्छु । अर्जुनधाराकी एउटी बहिनीले लगाइदिएको रातो सारी र नेपारी परम्परागत गहनामा आफुलाई ऐनामा हेर्दा लाग्थ्यो म जर्मनमा हैन यहि नेपालमा जन्मिएकी छोरी हुँ ।


सुपारी र केराको झ्याङहरुले छप्पकै छोपेको शान्तीनगर मेरो मानसपटलबाट कहिले हट्ने छैन । हरेक बिहान मैले लिने चियाका चुस्कीहरु कस्तो बिरुवाबाट बन्छ भनेर कहिल्यै नदेखेकी मैले शन्तिनगरका चियाका बुट्टामा धेरै बेर हराउन पुगे ।


बिर्तामोडबाट शन्तीनगरसम्म पुग्दा बाटोमा देखिने गँहु, मकै कतै रोप्दै गरेको र कतै बाली काट्दै गरेको देख्दा आफूलाई पनि काम गरिरहेका कृषकहरुसँग हातमा हात मिलाउन मन लाग्थ्यो । मलाई मन परेको अर्काे पक्ष नेपालीहरुको दिनचर्या पनि हो । बिहान सबेरै उठ्ने न्वाइध्वाइ गर्ने सामान्य मसला लगाएको चिया पिउने र बिहानको घामको किरणको स्पर्ष गर्ने, यहाँका सबै मानिसहरु बिहान १० बजेको आसपास खाना खाने रहेछन् । सायद यस्तै दिन चर्याले यहाँका मानिसहरुको मानसिक र शरिरिक स्वास्थ्य राम्रो बनाएको होला ।
मलाई नेपाल बसाईको अर्काे महत्वपूर्ण लागेको कुरा चाँही एक अर्कालाई लगाइने साइनो लाग्यो । हरेक व्यक्तिले यहाँ बाटोमा भेटिने जो कसैलाई दाजु, दिदि, काका, काकी, मामा, माइजुको साइनो लगाउँदा रहेछन् । मामाघर जाँदा वरपर सबैजनालाई मामा भनेर बोलाउँदा रहेछन् । शान्तिनगरमा स्थानिय महिलाहरु साप्ताहिक रुपमा आफूसँग भएको थोरै रकम जम्मा गरेर एक अर्कालाई सहयोग गर्दा रहेछन् ।


अजुर्नधारामा एउटा विद्यालयको वार्षिक उत्सवमा स–साना भाइ बहिनीहरुले फरक फरक भेषभुषा लगाएर नाचेको देख्दा यहाँ अभिभावक पनि आफ्ना नानीहरुको कला हेर्न र उनीहरुलाई साथ दिन विषेश तरिकाबाट सजाएको मण्डपमा बसेका थिए । म आफू पनि नृत्य गर्न रुचाउने भएकाले खुबै रमाए । उनीहरुको ब्यस्त जिवनमा पनि उनीहरुले देखाएको त्यो सदभाव निकै सरहनिय थियो । सगरमाथाको देश भनेर सुनेको मुलुकमा निस्कने बेलासम्म अन्य धेरै रोचकुराहरु थाहा पाउँदै बाहिर निस्किए ।