/रेडियो बजाउन पनि लाइसेन्स लिनुपर्ने त्यो समय

रेडियो बजाउन पनि लाइसेन्स लिनुपर्ने त्यो समय

Reading Time: 1 minute

बिष्णु लामीछाने, प्रकृति न्यौपाने

झापा – अहिले रेडियो बज्दा, सुत्दा कसैलाई अनौठो लाग्दैन । रेडियो, मोबाइल, टेलिभिजन सेट लगायत थुप्रै ग्याजेटहरुमा सजिलैसँग रेडियो सुन्न सकिन्छ । तर पहिलो पटक रेडियो मानिसको कानमा गुन्जदा कस्तो अनुभव भएको थियो होला ? प्लास्टिकको बट्टाबाट आवाज आउनु त्यो समयका लागि पक्कै नै रहस्यपूर्ण कुरा थियो होला ।

अठारौँ शताब्दीमा मार्कोनीले आविष्कार गरेको रेडियो प्रसारण हुनका लागि भने १९औं शताब्दी कुर्नुपर्‍यो। सन् १२५९ देखि अमेरिकाको पीटर्सबर्ग सहरमा वेष्टिङ हाउस कम्पनीले विश्वमा नै पहिलो पटक व्यावसायिक रेडियो प्रशासन सुरु गरेको हो । त्यस लगतै बेलायतमा ब्रिटिस बोर्डकास्टिङ कम्पनीको प्रसारण सन् १९२२ बाट सुरु भयो ।

नेपालको सन्दर्भमा भने सर्वप्रथम २००३ सालमा काठमाडौँको अहिले विद्युत् प्राधिकरण रहेको त्यतिबेलाको भवन बाट ‘श्री ५’ बाट रेडियो सुरुवात भएको थियो । यो प्रसारण ८ महिना मात्र हुन क्यो । त्यसको केही वर्षपछि राणा शासनको विरोधमा भारतबाट लुकाइ छिपाइ ल्याइएको आकाशवाणी सेटद्वारा विराटनगरको जुटमिलको एउटा कोठाबाट ४१ मिटर ब्याण्ड सर्टवेभमा प्रसारण गर्दा देश के विभिन्न स्थानहरूमा रेडियो बज्न थालेको थियो । २००७ सालको मङ्सिर २८ गते बिहान ८:३० बजे रेडियो प्रसार सुनिन थाल्यो । “यो नेपाल प्रजातन्त्र रेडियो हो र हामी विराटनगर मुक्तिमोर्चाबाट बोलिरहेका छौ” भनेर सुन्न थालियो । त्यसै वर्ष प्रजातन्त्रका उदय भएपछि चैत्र २० देखि भने औपचारिक रूपमा रेडियो नेपाल बज्न थालेको थियो ।

त्यस समय रेडियो नेपालको मात्र प्रशासन भइरहेको भए पनि घरमा रेडियो राख्नका लागि सरकारबाट अनुमति पत्र (लाइसेन्स ) लिनुपर्ने बाध्यता थियो । आम नागरिकले आफ्नो घरमा रेडियो राखेबापत वार्षिक १० रुपयों राजस्व सरकार लाई बुझाउनु पर्ने नियम थियो । हरेक वर्ष नामकरण गर्नुपर्ने उक्त नियम पालना नगरे दोस्रो वर्ष रू. १०० र सो पनि नबुझाए रेडियो नै जफत हुने कानुनी प्रावधान थियो । रेडियो बिक्रेता एक सय रुपैयाँ र मेकानिकले ५० रुपैयाँ राजस्व बुझाए लाइसेंस लिनु पने व्यवस्था सरकारले गरेको थियो ।

रेडियो सुन्न नियम पूरा गरी लाइसेन्स लिएरै भए पनि गाउँगाउँमा रेडियो बजाउनेको सङ्ख्या उल्लेख्य थियो । लाइसेन्स लिनुपर्ने बाध्यता रहेको रेडियो प्रविधि हिजोआज क्लिकका भरमा व्यक्ति-व्यक्तिको साथमा पुगेको छ ।

प्रविधि दिन दुई गुणा, रात चौगुणाका दरले विकास भयो । पहिलो बजारमा धेरै खपत हुने नेसनल पानासोनिक रेडियोमा जापनिज, ताइवान तथा इण्डिया फिटिंग थिए । केही पछिल्लो समयमा भारतबाट निर्मित सन्तोष रेडियोले बजारमा कब्जा जमायो कपडाको खोल सिलाई गाउँगाउँका हाटबजार र मेलापातमा रेडियो बजाएर हिँड्नु शानको प्रतीक मानिन्थ्यो ।

प्रविधिमा आएको विकाससँगै लाइसेंस लिनुपर्ने बाध्यता पनि बिस्तारै हट्दै गयो र अन्ततः वि.सं. २०४० बाट उक्त नियम नै खारेज भयो । तीन दशकको अवधिमा रेडियो क्षेत्रको विकासले कायापलट गयो । ब्रिटिस सेनापछि नेपालमा धनी महाजन र जिम्मावलहरूले रेडियो सुन्ने गरेका थिए । त्यो समय कानुन पालना गने समस्या, ब्याट्रि किन्न समस्या भएर पनि रेडियोको महत्त्व बढी थियो । झापा अर्जुनधाराकी मन माया भट्टराईले दुई व्याण्डको आर. २१७ मोडल ७३८१३ नम्बरको नेसनल पानासोनिक रेडियो खरिद गरिन् । उनले जिल्ला प्रशासन कार्यालय झापाबाट २३६  असार १५ गते रेडियो बजाउन १० रुपैयाँ राजस्व बुझाई लाइसेन्स लिएको बताउँछिन् ।

हिजोआज पत्र पत्रिका, टेलिभिजन, अनलाइन, मोबाइल फोन, इमेल, इन्टरनेट जस्ता प्रविधिको विकास भएपनि रेडियोको महत्व घटेको छैन । श्रोताको सङ्ख्या उत्तिकै छ । प्रत्येकका घर र प्रत्येकका हातहातमा रेडियो बजि रहे देख्न र सुन्न पाइन्छ ।

रेडियोका महत्त्व नेपालमा ७५ वटै जिल्लाहरूमा एफ.एम. रेडियोहरू पहुँच रहेको छ । पछिल्लो तथ्याङ्कअनुसार नेपालका ९० प्रतिशत नागरिकसम्म रेडियोको पहुँच पुगेको छ भने ६० भन्दा धेरै भाषा एवम् कार्यक्रमहरू प्रसारण गरेर भाषा संस्कृतिको जगेर्ना गर्न समेत रेडियोले अमूल्य योगद पून्याउदै नागरिकको सूचनाका साथी एफ.एम. रेडियो बनेको छ ।

त्यति मात्र होइन, नेपाली जस्तो विकासोन्मुख मुलुकका लागि रेडियोले समग्र जनतालाई विकासको मूलधारमा ल्याउनका लागि नागरिकलाई सुसूचित र नराम्रो पक्षको खबरदारी गर्नको लागि पनि ठुलो भूमिका खेल्छ । स्थानीय भाषामा सामग्री प्रसारण गर्न हुनाले यस्ता रेडियोबाट प्रसारण सामग्री प्रति नागरिकको चासो र जनविश्वास रहन्छ । जनताले चाहेका र रुचिका सामग्री प्रसारण गरेर नेपाली रेडियो आवाजविहिनको आवाज बन्न प्रयत्न गरिरहेका छन् । साथै नागरिकको आर्थिक तथा सामाजिक रूपांतरणको लागि प्रत्यक्ष रूपमा भूमिका खेल्न सक्ने भएकाले नेपाली रेडियोहरूका कार्यले निरन्तरता पाउनु पर्दछ ।