/कति खानुपर्छ नुन ?

कति खानुपर्छ नुन ?

Reading Time: 0 minute

खानाको स्वाद बढाउन नुन आवश्यक छ। स्वास्थ्यका लागि पनि लाभकारी छ, नुन। तर, आवश्यकताभन्दा बढी खाएमा यसले स्वास्थ्यलाई हानि गर्न सक्छ।

–नुनले शरीरमा पानीको स्तर नियन्त्रित गर्छ। त्यसबाहेक पाचन प्रक्रिया, शरीरमा रगतको मात्रा सन्तुलित राख्ने काम यसले गर्छ। मांसपेशीलाई राम्ररी काम गर्न मद्दत गर्छ। शरीरमा नुनको मात्रा कम हुँदा कोलेस्टरोल बढ्छ। थकान महसुस हुन्छ, भोक नलाग्ने, रिंगटा लाग्ने आदि समस्या देखिन्छन्।
–नुन शरीरका लागि आवश्यक छ। तर, आवश्कताभन्दा बढी खाएमा यसले स्वास्थ्यसम्बन्धी विभिन्न समस्या निम्त्याउन सक्छ। उच्च रक्तचापलगायत समस्या देखिन सक्छन्। शरीरमा नुनको मात्रा बढी हुँदा रगतमा आइरनको कमी हुन जान्छ। जसले गर्दा एसिडिटीको समस्या देखिन्छ। भोग नलागे पनि भोक महसुस हुन्छ। मोटोपन बढ्न सक्छ।
–खानामा बढी नुन नराख्ने, तारेको खाना कम खाने, नुन नमिसाई सलाद खाने, अचार–चटनीमा पनि नुन कम राख्नेलगायत गर्न सकिन्छ।