/युद्धबाट भन्दा लामखुट्टेको टोकाईबाट धेरै मानिसको मृत्यु हन्छ

युद्धबाट भन्दा लामखुट्टेको टोकाईबाट धेरै मानिसको मृत्यु हन्छ

Reading Time: 1 minute

एजेन्सी। हामीलाई सबैभन्दा धेरै खतरा कुन जीवबाट छ भन्दा झट्ट सर्प,बाघ,हात्ती,गैडाआदि दिमाग स्मरण हुन्छ । तर हामी लामखुट्टेको बारेमा विरलै सोच्ने गरेका छौ । मानिस मृत्युको एउटा कारण लामखुट्टेको टोकाई पनि हो । 
संसारमा युद्व भन्दा धेरै मानिसहरु लामखुट्टेको टोकाईको कारण भैरहेको छ । विश्व स्वास्थ्य संगठनले वार्षिक रुपमा करिब ७ लाख २५ हजार मानिसहरुको मृत्यु लामखुट्टेको टोकाईबाट हुने गरेको तथ्यांक समेत बाहिर ल्याएको छ । 
संसारमा ९ करोड वर्ष अघि लामखुट्टेको उत्पति भएको जिवाश्माहरुको अध्ययनले बताउछ । प्रजननका लागि लामखुट्टेलाई रगत आवश्यक पर्छ, त्यसैले मानिस मात्र नभएर थुप्रै जनावहरुको रगत चुसेर आफूलाई चाहिने आइरन र प्रोटिन प्राप्त गर्छ । लामखुट्टेको टोकाईले खतरा हुदैन तर कुनै ब्याक्टेरिया भाइरस संक्रमितले टोकेमा मानिसलाइ रोग सर्नेगर्छ । त्यसका कारण मानिसहरुको मृत्यु हुने गरेको छ । 
मलेरिया, पहेंलो बुखार, चिकागुनाय, पश्चिम नेसन भाइरस, डेंगो बुखार, फिलिरिया, जिका भाइरस र अन्य एर्वोभाइरस जस्ता रोगहरूको प्रसारण गर्न लामखुट्टेले मद्वत गर्छ । लामखुट्टेले दिउसो आँखा देख्दैन । रातीको समयमा यसको चलखेल बढी नै हुने गरेको छ । गर्मी मौसम लामखुट्टेहरुका लागि शुभ मानिन्छ । बढि तापक्रममा लामखुट्टेको प्रजनन धेरै मात्रामा हुन्छ ।