/नेपालमा २२ लाख बाल श्रमिक

नेपालमा २२ लाख बाल श्रमिक

Reading Time: 1 minute

काठमाडौं- नेपालमा हाल, २२ लाखभन्दा धेरै बाल श्रमिकले मजदुरी गरिरहेको विभिन्न अध्ययनले देखाएको छ । नेपालमा कलकारखाना, होटलमा ४७ प्रतिशत, कृषि क्षेत्रमा ४४ प्रतिशत र अन्यमा ९ प्रतिशत रहेको केन्द्रीय तथ्याङ्क विभागको श्रमशक्ति सर्वेक्षणमा उल्लेख गरिएको छ ।

विभागको श्रमशक्ति सर्वेक्षणका अनुसार सो वर्ष नेपालको ५ देखि १७ वर्ष उमेर समुहका कूल ७७.७ लाख बालबालिका मध्ये १६ लाख बाल श्रमिक र ९० हजार बालश्रमिक जोखिमयुक्त क्षेत्रमा श्रम गरिरहेका छन् ।

ग्रामीण र शहरी दुबै भेगमा बालबालिकाको संख्या वृद्धि भइरहेको छ । जसमा शहरी क्षेत्रमा बालबालिकाहरू मूलत उद्योगहरू, होटल तथा रेष्टुरेन्ट, रोदीघर, फोहोर वस्तु संकलन र घरायसी कामहरूमा लगाइने गरिएको पाइएको छ ।

बालबालिकाहरू प्रिन्टिङ्ग प्रेस, सडक व्यापार, भरिया, रिक्सा चलाउने आदि क्षेत्रहरूमा काम गरिरहेका छन्। उनीहरुको दैनिकी बारे थाहा पाएपनि राज्य बेखबर जस्तै बनेको छ ।

बाल ऐन २०७५ मा १६ वर्षमुनिका सवैलाइइ बालबालिका भनी परिभाषित गरेको छ । उनीहरूलाई बालश्रमिकको रूपमा काम गर्न कडा प्रतिबन्ध लगाएको छ । यद्यपि १४ देखि १६ वर्षका बालबालिकाले प्रतिदिन निश्चित ६ घण्टा मात्र काम गर्न पाउँदछन् कानुनी व्यवस्था गरिएको छ ।

परिवारले पढाउन नसकेका, पारिवारिक तनावका कारण घर छोडेर हिँडेका, शिक्षाको महत्व थाहा नपाएका परिवारका बालबालिका श्रममा छन् ।

अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) ले बालबालिकाका क्षेत्रमा कार्यरत संघ–संस्थाहरुसँग सहकार्य गरेर बालश्रमिक न्युनीकरण गर्ने सहयोग गरिरहेको छ ।

बालश्रमले बालबालिकालाई उनीहरूको भविष्य राम्रो बनाउन अपरिहार्य शिक्षाबाट बञ्चित बनाइरहेको विषयमा राज्य गम्भीर भएर काम गरिरहेको महिला तथा बालबालिका विभागका सूचना अधिकारीले बताए ।

उनले भने, ‘बालश्रम कारणले बालबालिकाले शिक्षाबाट हासिल गर्नुपर्ने ज्ञान, तालिम र सीपमा ठुलो असर पुराइरहेको छ । यो विषयमा राज्य गम्भीर भएर काम गरिरहेका छ । सरकारले बाल श्रम रोक्न केन्द्रीय, प्रदेश र स्थानिय तहसँग सहकार्य गरेर काम गदै छ ।’

बाल ऐन २०७५ मा १६ वर्षमुनिका सवैलाइइ बालबालिका भनी परिभाषित गरेको छ । उनीहरूलाई बालश्रमिकको रूपमा काम गर्न कडा प्रतिबन्ध लगाएको छ । यद्यपि १४ देखि १६ वर्षका बालबालिकाले प्रतिदिन निश्चित ६ घण्टा मात्र काम गर्न पाउँदछन् कानुनी व्यवस्था गरिएको छ ।

त्योभन्दा कम उमेरका वालवालिकालाई कम काम गराउन भनिएको छ ।

धर्मपुत्र, रोजगारी र अन्य वाहानामा नेपाली वालबालिका मानवतस्करीका सिकारमा पनि पर्ने गरेका छन् । १३ वर्षमाथिका बालिकालाई विदेशी बजारमा विभिन्न बाहानामा पुराउने गरेको घटना पनि बढ्दो छन् । खुला सिमानाका कारण पनि नेपाली बालबालिका मानव तस्करीमा परिरहेका छन् ।