/नाम्फिङमा ३ दिने निःशुल्क आँखा शिविर

नाम्फिङमा ३ दिने निःशुल्क आँखा शिविर

Reading Time: 1 minute

तस्बिर: शरद जोशी

सिक्किमको निक्कै दुर्गम ठाउँ मानिएको नाम्फिङ मा ३ दिने निःशुल्क आखा  शिविर सम्पन्न भएको छ ।

नाम्फिङ गाउपालिका सिङ्टम्मको आयोजना र रोटरी क्लब अफ बिर्तामोड मिडटाउनको सहयोगमा ३ दिने निशुल्क शिबिर सञ्चालन गरिएको हो । जसमा बिर्तामोड आँखा अस्पतालको प्राबिधिक सहयोग रहेको थियो ।

शिबिरमा ५ सय ७० जनाले आँखा जाँच तथा उपचार गराएका छन् । ति मध्य ४४ जनाको मोतिया बिन्दु देखिएकाले अप्रेशन गर्नुपर्ने देखिएको छ । मोतिया बिन्द भएकाहरुलाई बिर्तामोड आँखा अस्पतालले निशुल्करुपमा अप्रेशन गर्ने भएको छ ।

आँखा जाँचका लागि विद्यालयका बालबालिका देखी बृद्धबृद्धा शिबिरमा आएका थिए । अधिकांशमा आँखा चिलाउने, बिजाउने, धमिलो दृष्टि लगाएका समस्याहरु देखिएको र केहीलाई चस्मा लगाउन सल्लाह दिएको अस्पतालका डा. बिनोद दाहालले जानकारी दिनुभयो ।

रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका अध्यक्ष शिव कुमार आग्रवलले आगामी दिनमा समेत यस्तै ठाउँमा स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा खुलेरै सहयोग गर्ने बताए । त्यसै गरि ब्लक डेभलबमेन्ट अफिसकी सचिब कल्पना राईले आयोजक सबैलाई धन्यवाद समेत ब्यक्त गरिन् । शिविरमा करीव लाख रुपैयाँ मुल्य बराबरको औषधि तथा ७० भन्दा बढी चश्मा निःशुल्क वितरण गरिएको थियो । त्यसै गरि नाम्फिङ गाउपालिकाकी सचिब कल्पना राईले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद समेत ब्यक्त गरिन् ।