/कसरी रोक्छ संगिनी सुईले गर्भ?

कसरी रोक्छ संगिनी सुईले गर्भ?

Reading Time: 1 minute


संगिनी तीनमहिने सुई परिवार नियोजनको अस्थायी साधन हो । हरेक तीन महिनामा लगाइने भएर यसको नाम तीनमहिने सुई रहन गएको हो ।

एकपटक लगाएपछि तीन महिनासम्म ढुक्क हुने भएकाले यसलाई भरपर्दो अस्थायी गर्भनिरोधकको साधन मानिन्छ ।

प्रयोग

महिलामा दुई किसिमका यौन हर्मोन हुन्छन्– एस्ट्रोजोन र प्रोजेस्टेरोन । महिनावारी भएको दोस्रो दुई हप्तामा बढी हुने प्रोजेस्टेरोन नामक हर्मोनलाई संगिनी सुईले रोकेर राख्छ । यसले पाठेघरको भित्री तहलाई पातलो बनाइदिने भएकाले गर्भ रहँदैन । 
संगिनी सुईले डिम्बासयलाई समेत रोकेर राख्ने भएकाले गर्भ रहने सम्भावना रहँदैन । 
पाठेघरको मुखबाट निस्कने पानीलाई संगिनी सुईले बाक्लो बनाइदिन्छ, फलस्वरूप शुक्रकीट भित्र छिर्न पाउँदैन । 
गर्भनिरोधक अन्य औषधि खाइरहनुपर्ने हुन्छ । नियमित खान बिर्सने कारणले मात्रा छुट्न सक्छ । संगिनी सुई एकचोटि लगाएर तीन महिनासम्म ढुक्क हुन सकिन्छ । 

फाइदा

संगिनी सुईको प्रयोगले गर्भनिरोधबारेको गोपनीयता कायम राख्न मद्दत पुर्‍याउँछ । 
संगिनी सुई एकचोटि लगाएर तीन महिनासम्म ढुक्क हुन सकिन्छ । 
यसको प्रयोगले कहिलेकाहीँ महिनावारी बन्द हुन सक्छ । यसरी बन्द हुँदा रगत खेर नजाने भएकाले महिलालाई फाइदा पुग्छ । 
संगिनी सुईको म्याद सकिएको एक हप्ताभन्दा बढी समयसम्म काम गर्छ ।  

बेफाइदा

संगिनी सुईका कारण अनियमित रक्तस्राव हुन सक्छ । यस्तो हुँदा रक्तअल्पतासमेत हुन सक्ने सम्भावना रहन्छ । 
यो सुई लगाउँदैमा पूर्णतः ढुक्क हुन सकिँदैन । कहिलेकाहीँ गर्भ रहने सम्भावनासमेत रहन्छ । बीचैमा महिनावारी रोकिएमा जाँच गराइहाल्नुपर्छ । 
सुईमा राखिएको हर्मोनले कतिपय अवस्थामा काम नगर्ने भएकाले गर्भ रहन सक्छ ।
लगातार संगिनी सुई लगाउँदा मोटाउने सम्भावना रहन्छ । सुई लगाएको शुरू–शुरूमा हल्का रगत देखापर्ने समस्या हुन सक्छ । 
संगिनी सुईले गर्भ रोके पनि यौनरोग सर्नबाट भने बचाउन सक्दैन । नयाँ पत्रिकामा खबर छ ।