/पिरो खानु कत्तिको स्वास्थ्यबर्द्धक ?

पिरो खानु कत्तिको स्वास्थ्यबर्द्धक ?

Reading Time: 1 minute

जब हामीलाई कुनै खानेकुरा खान गाह्रो भइरहेको छ भने हामी त्यो खानेकुरा किन खान्छौं ? पछिल्लो वर्ष एउटा अमेरिकी अस्पतालको इमर्जेन्सी कोठामा एउटा व्यक्तिलाई भर्ना गरिएको थियो । उसलाई के भएको छ भन्ने कुरा डाक्टर पत्ता लगाउने कोसिस गरिरहेका थिए । ती व्यक्ति अत्यधिक टाउको दुखाई, गर्द्धनमा पीडा भएकाले छट्पटाइ रहेका थिए र उनी बारम्बार बान्ता पनि गरिरहेका थिए ।

सिटी स्क्यान, पिसाब जाँच, ब्लड प्रेसर जाँच र शारीरिक जाँच गरेपछि ती व्यक्तिको शरीर भित्र कुनै विषको असर हैन, उनलाई कुनै रहस्यमय रोग पनि होइन । तर, उनले अति नै पिरो खुर्सानी खाएकाले त्यस्तो समस्या उत्पन्न भएको हो भन्ने कुरा डाक्टरले पत्ता लगाए ।

उनले जुन किसिमको खुर्सानी खाएका थिए । त्यसको नाम करोलिना रिपर (संसारको सबैभन्दा पिरो खुर्सानी) थियो । ३४ वर्षीया ती व्यक्तिले एउटा प्रतियोगितामा त्यो खुर्सानी खाने निर्णय गरेका थिए ।

त्यो खुर्सानी खानाले उनको दिमागका धमनी खुम्चिन थालेका थिए । यद्यपि उनी भाग्यवश बाँचेका थिए । पछि उनी पूर्ण रुपले निको पनि भए । रिपर खुर्सानी दक्षिण क्यारोलिनामा फल्छ । जुन संसारमा सबै भन्दा पिरो खुर्सानी भनेर चिनिन्छ ।

यो त एउटा गम्भिर उदाहरण मात्र हो । लाखौं मानिस पिरो खानेकुरा खान्छन् । जसका कारण उनीहरुको जिब्रो पनि पोल्न थाल्छ । त्यस्ता खानेकुरा खानासाथ उनीहरु पानी माग्न थाल्छन् । त्यस्ता खानाका कारण कहिलेकाहीँ उनीहरुको पेट पनि बिग्रन्छ । जब पिरो खानाले त्यस्ता समस्याहरु उत्पन्न हुन्छन भने पिरो किन खानु ?

खुर्सानीसँग मानिसहरुको यस्तो मोह हजारौं वर्ष पुरानो हो । यो मोहमा कमी आउला जस्तो पनि छैन । सन् २०१७ र २०१८ को बीचमा संसारभरीमा हरियो खुर्सानीको उत्पादन २७ मिलियनबाट बढेर ३७ मिलियन भएको छ । यो हिसाबले मानिसहरुले खानामा धेरैभन्दा धेरै खुर्सानीको प्रयोग गरेको प्रमाणित हुन्छ ।

बढी खुर्सानी खाइने देश

हाम्रो छिमेकी राष्ट्र भारतमा नै खानामा खुर्सानीको प्रयोग अति नै गरिन्छ । भारतबाहेक टर्कीमा एक दिनमा एक जना व्यक्तिले करिव ८६ दशमलव ५ ग्राम खुर्सानी खान्छन् । यसको अर्थ संसारभरमा सबैभन्दा धेरै खुर्सानी खाने देश टर्की हो ।

त्यहाँ मेक्सिकोभन्दा पनि धेरै खुर्सानी खाइन्छ । त्यसैले टर्की मसलादार खानाका कारण लोकप्रिय छ । मेक्सिकोमा एक जना व्यक्तिले करिव ५० दशमलव ९५ ग्राम खुर्सानी खान्छन् ।

धेरै खुर्सानी खान किन मन लाग्छ ?

रोमाञ्च खोज्ने चाहना तथा खुर्सानीको केमिकलको स्वादको बढ्दो चाहनाबीच अडकिएको एउटा जटिल कहानी छ । समयसँगै खुर्सानीमा क्याप्सासिन नामक एउटा केमिकल उत्पन्न भयो । जुन त्यसको पिरोपनाको कारण हो । तर, अझ पनि यसमा बिबाद रोकिएको छैन।

वैज्ञानिकहरुका अनुसार खुर्सानीको बोटमा त्यस्तो पिरो केमिकल जनावर अथवा किरा-फट्याङ्ग्राले खान नसकोस् भनेर पिरो बनेको हो । तर, चराहरुलाई खुर्सानी खान कुनै समस्या हुँदैन ।

चराहरुले सजिलै खुर्सानी खान्छन्

खुर्सानीको बोटबिरुवाका चरा-चुरुङ्गीका लागि कसरी फाइदाजनक हुन्छ भन्ने कुरा अमेरिकाको यूनिभर्सिटी अफ एरिजोनाले पत्ता लगाएको छ । स्तनधारी जनावरहरुको पाचन प्रक्रियामा खुर्सानीको विउ टुक्रिन्छ र त्यो पुनः अंकुरित हुँदैन । तर, पन्छिहरुसँग त्यस्तो हुँदैन । उनीहरु सबै बिऊ निल्छन् र मलमा पुरै बिऊ निकाल्छन् । त्यसबाट नयाँ बिरुवा उम्रन्छ ।

तर, यदि खुर्सानीको पिरोपनाले स्तनधारी जनावरहरुलाई खुर्सानी खान रोक्छ भने मानिसहरुले खुर्सानी कसरी खान सक्छन् ? मानिसमा एन्टी फङ्गल र एन्टी ब्याक्टेरियल प्रोपर्टीज हुने भएकाले मानिसहरु मसलेदार खाना खान्छन् ।

जुन खानामा मसला धेरै हुन्छ । त्यो खाना कुहिने सम्भावना कम हुन्छ भन्ने कुरा मानिसहरुलाई महसुस भयो । सन् १९९८ मा यो परिकल्पना कर्नेल विश्वविद्यालयका जीवविज्ञानी जेनिफर बिलिङ्ग र पल डब्लुशेरमनले अगाडि ल्याएका थिए ।

उनीहरुले ३६ वटा देशहरुमा मासुको हजारौं पारम्परिक व्यञ्जनलाई बनाउने तरिका ध्यान दिएर हेरेका थिए । जसमा उनीहरुले गर्मी ठाउँहरुमा मसलाहरुको धेरै प्रयोग हुन्छ । किनभने गर्मी ठाउँमा खाना बिग्रने खतरा बढी हुन्छ भन्ने कुरा पत्ता लगाए ।

के खाद्य विषाक्तता बच्नका लागि खुर्सानी खाना सुरु गरिएको हो ?

गर्मी हुने देशहरुमा प्रायः सबै मासुको परिकारमा केहीमा एउटा मात्र मसला हाल्छन् र धेरैमा विभिन्न किसिमको मसलाहरु हालिन्छ । त्यस्तो चिसो हुने देशहरुमा ब्यञ्जनहरुमा कम मसला हालिन्छ । खुर्सानी धेरै प्रयोग हुने देशहरुमा थाइलेन्ड, फिलिपिन्स, भारत र मलेसिया जस्ता देशहरुको नाम अगाडि आउँछ । त्यस्तै स्वीडेन, फिनल्यान्ड र नर्वे जस्ता देशहरुमा खुर्सानी सबैभन्दा कम प्रयोग गरिन्छ ।

ती वैज्ञानिकका अनुसार खानेकुरालाई हामी सुकाउने, नुन अथवा मसला लगाउने जस्ता कुरा गरेर किटाणुहरुबाट बचाउने कोसिस गर्छौं । किटाणुहरुले पनि हामीले खाने खानेकुरा नै खान मन पराउँछन् । त्यसैले खानालाई विभिन्न तरिकाले सुरक्षित पारेर हामी स्वयंलाई फुड पोइजनिङ हुनबाट बचाउँछौं ।टर्की खुर्सानी उत्पादन गर्ने एउटा ठुलो देश हो र त्यहाँ यसको खपत पनि धेरै हुन्छ ।

स्वादका माध्यमहरु

फूड एन्थ्रोपोलाजिस्टका ओरी कोनोरले यसको अर्को कारण बताउँछिन् । उनी भन्छिन्-‘जसरी आलु र उखुको बारेमा युरोपमा शताब्दीसम्म पनि थाहा थिएन । त्यसैगरी खुर्सानीको बारेमा पनि कसैलाई थाहा थिएन । तर, जब युरोपका मानिसहरु अमेरिका पुगे र व्यापारको बाटो खुल्यो । त्यसपछि खुर्सानी संसारभरी फैलियो ।’

भारत, चीन र थाइल्याण्डसहित विभिन्न देशहरुमा मानिसहरुले खुर्सानीको यो अलग स्वादलाई आफ्नो परिकारमा परीक्षण गर्न सुरु गरे । त्यो समयमा युरोपमा खाना स्वादहीन हुन्थ्यो । त्यसपछि उनीहरुले चिनी जस्तै खुर्सानीलाई आफ्नो खानालाई स्वादिलो बनाउनका लागि प्रयोग गर्न थाले ।

स्वादको रोमाञ्च र पेट दुखाई

खुर्सानी र मसलादार खाना खाने मोहका कारण हामीले विभिन्न समस्याहरुको पनि सामना गर्नु पर्छ । यूनिभर्सिटी अफ पेन्सिलभेनियाका मनोविज्ञानको प्रोफेसर पल रोजिनले एउटा अध्ययन गर्ने सोच बनाए । प्रायः स्तनधारीहरुले खुर्सानी खाँदैनन भन्ने उनलाई लाग्यो । उनले मानिसहरुलाई एकदम पिरो खुर्सानी खान दिए । उनले मानिसहरु कहिलेसम्म यसलाई सहन सक्छन् भन्ने हेर्नका लागि यसो गरेका थिए ।

मानिसलाई सबैभन्दा धेरै कुन खुर्सानी मीठो लाग्यो भनेर प्रश्न सोधिएको थियो । जसको जवाफमा सबैभन्दा धेरै पिरो भएको खुर्सानी नै मीठो लाग्यो भन्ने पाइयो । रोजिनका अनुसार मानिसमात्र एउट त्यस्तो प्रजाति हो । जसलाई नकारात्मक घटनाहरु पनि रोमाञ्चक लाग्छ ।

कहिलेकाहीँ हाम्रो शरीर खतरामा हुन्छ । तर, हाम्रो दिमागले सबै ठिक छ भन्छ । यसरी हामी डराउँदै हरर फिल्मको मज्जा लिन्छौं । त्यसैगरी हामीलाई पिरो खुर्सानी खान पनि मज्जा आउँछ । केही व्यक्तिहरुलाई अरुभन्दा धेरै खुर्सानी खान किन मनपर्छ ?

किन पुरुष र महिलाहरुमा पिरो खाना खानेबानी भिन्दाभिन्दै हुन्छ भन्ने फुड साइन्टिस्ट नादिया बाइरेन्सले बुझ्ने कोसिस गरिन् र उनले मेक्सिकोमा खुर्सानी खानुलाई तागत, हिम्मत र पुरुषार्थसँग सम्बन्धी भएको पाइन् ।

पुरुषहरु आफूलाई धेरै पिरो खुर्सानी खान सक्छौं भन्ने देखाउन खोजेको उनले पाइन् र त्यस्तै महिलाहरु पनि पिरोपनालाई अनुभव गर्न चाहान्थे ।

बिबिसीबाट