/चिया थरीथरीका : कुन बढी स्वस्थ्यकर ?

चिया थरीथरीका : कुन बढी स्वस्थ्यकर ?

Reading Time: 1 minute

चिया विश्वभरीमै सबैभन्दा बढी पिइने पेय पदार्थ हो । चाहे तपाईंंको दिन तनावपूर्ण रहोस् पनि अथवा थकानले भरिए पनि, चियालेभन्दा बढी आराम अरु कुनै पनि पेय पदार्थले दिन सक्दैन । नेपालका मानिसहरुका लागि त चिया केवल एउटा पेय पदार्थ मात्र होइन, एउटा भावना समेत हो । चियाका बारेमा केही रोचक जानकारी तथा केही भ्रमहरु यस्ता छन् :

हर्बल टीमा कफिन हुन्न

सबैभन्दा पहिलो कुरा के बुझ्न अनिवार्य छ भने हर्बल टीलाई चिया नै मानिँदैन । किनभने यो केमेलिया साइनेन्सिस प्लान्टबाट प्रोसेस गरेर बनाइँदैन । तिनीहरु त फूल, हर्ब, बीउ, जरा अथवा बिरुवाको बोक्राबाट बनाइन्छ । जहाँसम्म कफिनको मात्राको कुरा छ । सम्पूर्ण हर्बल टीहरु कफिन फ्रि हुन्नन् । सबैभन्दा राम्रो के हुन्छ भने हर्बल टी किन्नु अघि सधैं लेबल पढ्ने बानी बसालौं ।

टी ब्याग पनि फाइदाजनक 

टी ब्यागबाट चिया बनाउन निकै सजिलो हुन्छ । तर, याद राख्नु पर्ने कुरा के छ भने चियाको पत्ती सधैं टी ब्यागभन्दा उत्कृष्ट हुन्छ । टी ब्यागमा चियाको पत्ती टुक्रिएको अवस्थामा हुन्छ र त्यसमा इसेन्सल ओयल तथा अरोमा कम हुन्छ । त्यसैले चियाको पत्ती नै प्रयोग गर्नु उपयुक्त हुन्छ । रिपोर्टहरुका अनुसार टी ब्यागमा जुन केमिकल कोटिङ हुन्छ, त्यो तातो पानीमा सकृय हुन्छ र त्यसले क्यान्सरसम्म हुनसक्छ । राम्रो कुरा के हुन्छ भने केमिकलहरु वाटर सेल्यूबल हुन्छन् । त्यसैले टी ब्याग प्रयोग गर्नु नै छ भने पहिला त्यसलाई चिसो पानीले पखाल्नुपर्छ ।

ग्रीन टी ब्ल्याक टीभन्दा बढी फाइदाजनक

ग्रीन टी ब्ल्याक टीभन्दा बढी लोकपि्रय छ । यसबाहेक दुबैमा खासै भिन्नता छैन । दुबैमा फाइदाजनक एन्टि-अक्सिडेन्टहरु पाउन सकिन्छ । चियाको पत्ती फर्मेन्टेशन प्रोसेसबाट गुजि्रएपछि हरियो अथवा कालो हुन्छ । एन्टि-अक्सिडेन्ट दुबैमा पाइन्छ ।

चियामा दुध हाल्दा स्वास्थवर्द्धक हुँदैन

यो निकै प्रचलित भ्रम हो । तर, यसमा कुनै सत्यता छैन । चियामा दुध हाल्नाले त्यसका स्वास्थ्यवर्द्धक फाइदाहरु रत्तिभर कम हुँदैनन् । दुधमा क्याल्सियम हुन्छ, जुन तपाईंंको हड्डीका लागि निकै फाइदाजनक हुन्छ । जर्नल अफ एगि्रकल्चर एण्ड फूड केमेष्ट्रिमा प्रकाशित एउटा अध्ययनलाई विश्वास गर्ने हो चियामा दुध हालिसकेपछि त्यसमा पाइने क्याटेचिनको संख्या पनि त्यत्ति नै रहिरहन्छ ।

ग्रीन टीले वजन घट्छ

वजन कम गर्न खोज्नेहरुका बीच के कुरा अत्यन्त लोकपि्रय हुन्छ भने ग्रीन टी पिउनाले वजन कम हुन्छ । यो तथ्यले उनीहरुको मन टुक्रिन सक्छ । किनभने यो कुरामा पनि सत्यता छैन । ग्रीन टीमा एउटा त्यस्तो स्टिम्युलेन्ट पाइन्छ । जसले तपाईंंको मेटाबोलिजम बढाउँछ । तर, त्यसको मात्रा निकै कम हुन्छ । यदि तपाईंं ४-५ कप ग्रीन टी पिउने बित्तिकै आफ्नो वजन कम हुनेछ भन्ने सोच्नुहुन्छ भने त्यो गलत हो ।

पेट फूल्ने समस्याबाट छुटकारा दिलाउने ४ प्रकारका चिया

धेरै पटक पेटमा ग्यास अथवा एसिडिटीको कारणले पेट फूल्ने समस्या उत्पन्न हुन्छ । त्यसले तपाईंंलाई असहजता महसुस गराउँछ । कैयौं पटक त यो समस्या निकै बढ्छ । कहिलेकाहीँ त पेट सुन्निएर फुट्ला नै जस्तो पनि हुन सक्छ । हामीमध्ये अधिकांश व्यक्ति यस्तो समस्याबाट पीडित भएकै हुन्छौं ।

जब-जब तपाईंंलाई यस प्रकारको समस्या उत्पन्न हुन्छ । हामी मध्ये अधिकांश व्यक्तिहरु ओटिसी औषधि अर्थात् डाक्टरको सल्लाह बिना औषधि पसलबाट किनिने औषधिले काम चलाउँछौं । तर, त्यसले कति प्रकारका साइड इफेक्टहरु गर्छ भन्ने कुरामा ध्यान दिँदैनौं । त्यस्तो बेला यहाँ उल्लेखित हर्बल टी सेवन गर्नुभयो भने तपाईंंको पेट फूल्ने समस्या समाधान हुनेछ ।

टर्मरिक टी अर्थात् बेसारवाला चिया

जब-जब तपाईंंको पाचन तन्त्रसँग जोडिएको समस्या पैदा हुन्छ । त्यसमा राहत पुर्‍याउनका लागि बेसारको नाम अग्रपंक्तिमा आउँछ । एन्टिइन्फ्लेमेट्री तथा एन्टिअक्सिडेन्ट प्रोपर्टीका कारणले बेसारको प्रयोगले थुप्रै प्रकारका बिमारीहरुलाई टाढा राख्न सकिन्छ । बेसारसँगै चियामा एक चुट्की मरिच पनि राख्नुपर्छ । यो चियाको सेवले पेटबाट ग्यास, पेट फूल्ने समस्याबाट छुटकारा पाउन सकिन्छ र पाचन प्रणाली पनि राम्रो भइरहन्छ ।

सौंपवाला चिया

पेट तथा पाचनसँग जोडिएको समस्या जस्तै पेटको दुःखाई, पेट फुल्नु अथवा कब्जियतलाई टाढा राख्नका लागि लामो समयदेखि सौंप (सूप) को प्रयोग गर्दै आइएको छ । सौंपमा त्यस्तो कम्पाउण्ड पाउन सकिन्छ । जसले  ग्यास्ट्रोइन्टेस्टाइनल ट्रयाक्टको प्यासेजलाई रिल्याक्स गराउँछ । जसबाट पेटमा भरिएको ग्यास सजिलै बाहिर निस्कन्छ । तपाईंंले चाहनुभयो भने सौपलाई पानी अथवा सौंपलाई चियामा मिसाएर पनि सेवन गर्न सक्नुहुनेछ ।

पुदिनाको चिया

मिन्ट अर्थात् पुदिनाको स्वाद निकै कूल तथा रि-प|mेशिङ हुन्छ । जसले पाचन प्रणालीसँग जोडिएका समस्याहरुलाई हटाउन मद्दत पुर्‍याउँछ । पुदिनको पातहरुमा एन्टिस्पासमोडिक प्रोपर्टी हुन्छ । जसले मशल क्य्राम्पस तथा स्पास्ममा राहत दिलाउन सहयोग पुर्‍याउँछ । जसबाट पेटमा हुने दुखाईबाट आराम मिल्छ । पुदिनाको पातबाट बनाइएको चियाले तपाईंं विभिन्न प्रकारका फाइदाहरु दिनसक्छ ।

अदुवाको चिया

अदुवा पनि पेटसँग सम्बन्धित समस्याहरुलाई टाढा राख्नका लागि सबैभन्दा उपयुक्त मानिन्छ । अधिकांश व्यक्तिहरु पेट फूल्ने समस्इा अथवा डाइरियाको समस्यामा अदुवाका सप्लिमेन्ट्सहरु प्रयोग गर्छन् । अदुवामा जिन्जरल नामक बायो एक्टिभ कम्पाउण्ड पाउन सकिन्छ, जसले पेट फुल्ने समस्यालाई कम गर्न सहयोग पुर्‍याउँछ । त्यसो त अदुवाको चिया बनाउनका लागि ताजा अदुवाकै प्रयोग गर्नु पर्छ । किनभने त्यसमा एन्टिअक्सिडेन्ट अत्यधिक हुन्छ । अनलाइन खबरबाट