/८० वर्षीय हवलदारनी आमाको जागर

८० वर्षीय हवलदारनी आमाको जागर

Reading Time: 0 minute

तस्बिर: शरद जोशी

पूर्व पश्चिम राजमार्गको अन्तर्गतको चंद्रनिगहपुर अर्थात च पुर पुग्ने  अधिकांश यात्रिको लागी परिचित नाम हो “हवलदारनी आमा” ।

वास्तविक नाम नर कुमारी गुरुङ रहे पनि स्थानिय माझ उनि “हवलदारनी आमा” नामले प्रशिद्ध हुन् । जीवनको ८० बसन्त पार गरिसकेकि उनि बिगत ६५ वर्ष देखी चंद्रनिगहपुर चिया पसल संचालन गर्दै आएको छिन्  ।

बजारमा कफी र ग्रिन टि आए पनि उहाँको पसल, चिया बनाउने शैली र स्वादमा झुमिरहेका ग्राहकको कमि नआएको ४५ वर्षा देखी चिया खान आउदै गरेको एक स्थानिया ले बताए । अधिकांश मलपोत कार्यालयका कर्मचारी  र स्थानिय आउने पसलमा राजमार्गमा गुड्ने सवारी साधनका यात्रुको पनि त्यतिकै चाप देखिन्छ । जागिर छैन भन्दै घर बसीरहेका युवा पुस्ताका लागि ८० वर्षीया हवलदारनी आमा लागि एक ज्वलन्त उदहारण हुन्।