/पहिलोपटक नेपालमा ‘सुख सर्वेक्षण’ हुँदै

पहिलोपटक नेपालमा ‘सुख सर्वेक्षण’ हुँदै

Reading Time: 0 minute

नेपालमा पहिलोपटक ‘सुख सर्वेक्षण’ सातै प्रदेशमा गरिने भएको छ ।

यही फागुनदेखि सर्वेक्षण थालिने केन्द्रिय तथ्यांक विभागले जनाएको छ। तथ्यांक विभागका निर्देशक रामहरि गैरेका अनुसार प्रश्नावलीको पहिलो खेस्रा बनिसकेको छ।

विज्ञहरुसित छलफलपछि सर्वेक्षण गरिनेछ। साथै यसलाई मूर्त रूप दिनको लागि अन्तर्राष्ट्रिय अभ्यासहरूको अध्ययन र विभागबाहिरका विज्ञ र जानकारहरूसँग पनि थप छलफल तथा परामर्श गरिनेछ।

यसको ‘स्याम्पल’ डिजाइनका विषयमा विज्ञ र विभाग स्तरभित्र अन्तरक्रिया तथा छलफल चलिरहेको उनले जानकारी दिए। उनले यसका लागि भुटानको खुसी सर्वेक्षण प्रश्नावाली, अन्तर्राष्ट्रियखुसीका सूचक तथा देशको परिवेश हेरेर आइडिया लिइएको बताए।यसका लागि राष्ट्रिय योजना आयोगसँग करिब डेढ करोड बजेट माग गरिएको छ।
निर्देशक रामहरि भन्छन्, ‘बजेट आएपछि काम सुरु हुन्छ’।१८ वर्ष वा सोभन्दा माथि उमेरका व्यक्तिमा यो सर्वेक्षण गरिनेछ। सर्वेक्षण ५–५ वर्षको अन्तरालमा गरिनेछ। नेपालकै परिवेश सुहाउँदो प्रश्नहरु राखेर सर्वेक्षण गरिनेछ। यो आर्थिक वर्षदेखि सुरु गरिने सर्वेक्षण नेपालभरीको क्षेत्र तथा सबै वर्गको प्रतिनिधित्व हुने गरेर स्याम्पल डिजाइन गरिदैँछ।
प्रश्नावालीमा ८ वटा खण्ड रहेका छन्। जनसांख्यिक विवरण, मनोवैज्ञानिक खुसी, परिष्कृत तथा मर्यादित जीवन, सुरक्षित, सभ्य र न्यायपूर्ण समाज, स्वच्छ र सन्तुलित वातावरण, सुशासन, सबल लोकतन्त्र, राष्ट्रिय एकता, सुरक्षा र सम्मान शीर्षकमा सर्वेक्षण गरिनेछ। अन्तर्राष्ट्रिय रुपमा ६ वटा सूचकको आधारमा सुख मापिन गरिन्छ।तल्लो तहसम्म पुगेर खुसीको नाप्ने उद्देश्य लिइएको छ।
समृद्ध नेपाल खुसी नेपाली निर्देशक रामहरिका अनुसार सरकारकै नारा ‘सुखी नेपाल समृद्ध नेपाली’ राष्ट्रिय योजना आयोगको १५ औँ योजना अर्न्तगत सर्वेक्षण गर्न लागिएको हो। त्यसको प्रगति कहाँ पुग्यो र आफ्नै मुल्यांकन गर्नको लागि पनि सर्वेक्षण गर्न लागेको हो।
कति प्रतिशत सूचक भयो भने त्यो मान्छेलाई सुखी हुने भन्ने मापन गरिने गरिने बताउँदै निर्देशक रामहरि अनुसार नेपालीहरुको सुखको स्तर कहाँ पुगेछ भन्ने थाहा हुनेछ। तर, विषयगत कुराहरु धेरै भएकाले वस्तुगत बनाएर सर्वेक्षण गर्दा अलि चुनौतीपूर्ण हुन्छ। विश्व सुख सर्वेक्षण २०१९ का अनुसार फिनल्याण्ड सबैभन्दा सुखी देशको रुपमा रहेको छ भने नेपाल साउथ ऐसियाको तेस्रो नम्बरमा पर्छ। स्रोत : कान्तिपुर