/पर्यटक र प्रबर्दनको पर्खाईमा सहकाले छाँगो

पर्यटक र प्रबर्दनको पर्खाईमा सहकाले छाँगो

Reading Time: 1 minute

शरद जोशी

अर्जुनधारा नगरपालिकाले भ्रमण वर्ष २०२० लाई लक्षित गरेर स्थानिय निकायका प्रतिनिधि, पत्रकार र विभिन्न तब्काका प्रतिनिधिको रोहबरमा अर्जुनधारा -२ मा रहेको सहकाले छाँगोलाई प्रबर्धन गर्ने एक दिने  अवलोकन कार्यक्रम गरेको छ ।

अर्जुनधारा जलेश्वर धामबाट सुरु भएको उक्त भ्रमण सहकाले गाउमा एक कार्यक्रम बीच समापन गरिएको थियो ।

अर्जुनधारा नगरपालिकामा रहेको उक्त झरना एक आकर्षक पर्यटक स्थल हुन सक्ने र नगपालिकाले त्यसको लागि पहल गर्ने कुरा अर्जुनधारा नगपालिकाका मेयर हरि रानाले बताउनु भयो । अवलोकन कर्ताको टोलिलाई ६० मुरेमा परमपरिक बाजा-गाजा र स्वादिस्ट अर्गानिक खाजाबाट स्वागत गरिएको थियो।


सहकाले छाँगो कहाँ छ त ?

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर २, सूर्योदय र माईनगरपालिकाको संगम स्थलमा रहेको सहकाले छाँगो । भर्खरै प्रचारमा आउन थालेको यस छाँगोमा पुग्न अर्जुनधाराको सदरमुकाम शनिस्चरे बजार हुदै खुदुनाबारी पुगेर करिव ३ किलो मिटर उत्तर तर्फ लाग्दा ६० मुरे पुगिन्छ ।

त्यसपछि अझ चुरेपहाड र टाङटिङ खोलाको बगरैबगर उकालो लागेपछि सहकाले गाउँ पुगिन्छ, यहाँसम्म चारपाँग्रे सवारी र मोटरसाईकलमै जान सकिन्छ, सहकाले गाउँ पुगीसके पछि ३० मिनेटको पैदल यात्रा गरेपछि सहकाले छाँगो पुग्न सकिन्छ ।

सहकाले क्षेत्र प्राकृतिसंग रमाउने, चार चुरुंगी मन पराउने र हाइकिङ्ग मन पराउनेहरुको लागि उत्तम गन्तव्यको रुपमा परिचित हुन सक्छ , यस क्षेत्रमा मल्कावा, ग्रीन बर्ड, लोवी पापी गरुड, जस्ता खस प्रजातिका चारको बसोबास रहेको कुरा प्रस्सिद्ध बर्ड फोटोग्राफर  देवेन्द्र खरेलको भनाइ रहेको छ ।

स्थानिय निकाय र राज्यले उचित ब्यबस्थापन ,प्रचार र होमस्टेको अवधारण ल्याउने हो भने हाल चर्चामा रहेका नमस्ते झरना, टोड्के झरना जस्तै सहकाले झरना पनि राम्रो गन्तव्य बन्न सक्छ ।  एक दिनको यात्रा गरेर झापाको बिर्तामोड सजिलै फर्कन सकिने भए पनि क्यम्पिन गर्नको लागि पनि यो ठाउँ उचित रहने छ ।