/यौनको रहस्य खुल्दै

यौनको रहस्य खुल्दै

Reading Time: 0 minute

‘मस्तिष्कमा अद्भुत तरंग उत्पन्न हुन्छ । वरिपरि तिहारको झैँ झिलिमिली दृश्य देखिन थाल्छ ।’ यौनसम्बन्धको क्रममा चरम आनन्द प्राप्त हुँदाको स्थितिलाई बखान गर्न वैज्ञानिक र शोधकर्ताले यस्तै वाक्यांशको प्रयोग गर्छन् ।
दुई मन मिल्ने स्त्री–पुरुषबीच यौनक्रिडाको क्रममा प्राप्त हुने सिमाविहीन सुखको अनुभूतिले मिलनलाई सफल बनाउनुका साथै थुप्रै प्रकारका शारीरिक एवम् मानसिक रोगबाट पनि मुक्त राख्ने गरेको विज्ञहरु बताउँछन । यौन सन्तुष्टिको अभावमा थुप्रै खाले रोग र मानसिक विकृति उत्पन्न हुने स्पेनका विशेषज्ञ मगडालेना सालामांसाले बीबीसीलाई बताइन् । ‘यो महत्वपुर्ण पक्ष हो किनकि शारीरिक एवम् मानसिक तृप्ति यसको लक्ष्य हो’, उनले भनिन् ।
उनको अनुसार धेरै खाले सामाजिक एवम् पेसागत समस्या यौन असन्तुष्टिसँग जोडिएको हुन्छ । चिन्ता र तनाव पनि यौनमा शिखर आनन्दको प्राप्ति नहुँदा देखिने मानसिक विकृति भएको उनी बताउँछन । मानसिक रुपले सामना गर्नुपर्ने समस्याको सम्बन्ध प्रत्यक्ष वा अप्रत्यक्ष रुपले यही यौन सुखसँग जोडिएको मनोवैज्ञानिक अना लुना बताउँछिन ।
केही महिनाअघि अमेरिकाको न्युजर्सीको रगटर्स विश्वविद्यालयका वैज्ञानिकले यौनक्रिडाको अन्तिम क्षणमा मस्तिष्कको ८० भिन्न भाग सक्रिय भएको पत्ता लगाए । ‘एकअर्कामा पूर्णतः समर्पित भएर इमान्दारीपूर्वक राखिने सम्बन्धले रगतमा अक्सिजनको मात्रा बढाउँछ, रक्त प्रवाहमा सुधार आएर हरेक अंगमा पुग्ने गर्छ’, अना भन्छिन् ।
यो आधारमा शारीरिक र मानसिक स्वास्थ्यको यौनक्रियाका क्रममा महसुस हुने चरम सन्तुष्टिसँग प्रत्यक्ष सम्बन्ध रहेको प्रस्ट हुन्छ । स्वस्थ व्यक्तिको जीवनको महत्वपूर्ण भागको रुपमा यौन तृप्तिलाई लिन सकिने अना बताउँछिन । यसको अभावमा व्यक्तिमा रिस, उदासी र सन्काहा स्वभावको विकास हुन्छ ।

विभिन्न कारणले यौन सन्तुष्टि नपाएका र यसबाट टाढिने व्यक्ति सहज रुपले हास्न पनि सक्दैन । यौन खुसी नपाएका महिलाहरु पुरुषले मुस्काउने प्रयास गर्दा अनुहारमा कठोरता र कृत्रिमता छार्लङै देखिन्छ । यौन मनौवैज्ञानिकहरुका अनुसार यस्ता व्यक्ति सम्बन्धलाई राम्रो बनाउन भित्री सुख र आत्मसन्तुष्टिमा जोड दिनु भन्दा समाजमा पहिरन, मेकअप र शरीरको प्रदर्शन गरेर अरुभन्दा फरक देखिन खोज्छन् ।

‘स्वस्थ यौनजीवनको महत्व, रस र स्वाद नबुझेका महिला–पुरुषहरु अंगुर खान नपाएपछि अमिलो भन्ने प्रवृत्तिका हुन्छन्’, मनोवैज्ञानिकहरु भन्छन्, ‘सम्पत्ति, साधनस्रोत, पहु“च र सुन्दर शरीर हुँदा पनि इमान्दारीपूर्वक यौनेच्छालाई स्विकारेर यसबाट आनन्द लिन नसक्ने व्यक्तिहरु कुण्ठा र नकारात्मक सोचबाट ग्रस्त हुन्छ ।’ उनीहरुको अरु व्यक्तिको खुसी र प्रगतिलाई समेत ईष्र्या गर्ने खालको हुने गरेको विज्ञहरु बताउँछन । यौनसूत्र वा ज्ञानलाई नबुझेका दम्पत्ति र जोडीहरुको जीवन आडम्बर र नक्कलीपनबाट सुरु भएर यसमै अन्त्य हुने गरेको देखिएको उनीहरु बताउँछन । उनीहरुले बेलैमा सचेत भएर वास्तविकतालाई स्विकारेर यौनजीवनको भरपुर आनन्द लिने सुझाव दिन्छन् ।

महिलाको यौन सन्तुष्टीको नयाँ रहस्य, यस्तो छ अध्ययन

महिलाको यौन सन्तुष्टीका बारेमा एक रिर्पोट सार्वजनिक भएको छ। महिलाले एक पटकको यौन क्रियामा लगातार २० पटकसम्म यौन सन्तुष्टी प्राप्त गर्ने सो रिर्पोटले देखाएको छ। ब्रिटिसको एक पत्रिकाले निकालेको एक रिर्पोटमा यस्तो कुरा देखाएको हो।

एक अध्ययन पछि निकालिएको उक्त रिर्पोटमा दुई प्रतिशत महिला एक पटकको यौन क्रियामा लगातार २० पटकसम्म चरण सुखमा पुग्ने कुरा उल्लेख छ। त्यस्तै ८ प्रतिशत महिलाले १० पटकसम्ममा यौन सुख प्राप्त गर्ने गरेको अध्ययनले देखाएको छ। यो एक अनलाइन सर्वेबाट गरिको अध्ययन हो।

यो सर्वेमा २० देखि २४ वर्ष उमेर समुहका १२ सय ५० युवतीले भाग लिएका थिए। सर्वेमा उनको यौ क्रियाको कामोत्तेजनाका बारेमा सोधिएको थियो।

यो तथ्यांक अनुसार लगभग ७० प्रतिश महिलाहरु एक पटकको यौन क्रियामा धेरै पटकसम्म यौन सन्तुष्टी प्राप्त गर्ने गरेको देखिएको छ।

चाहना कहिले बढी
महिलाहरुलाई पुरुष मिलनको रहर कुन बेला अधिक हुन्छ ? एउटा अध्ययनको अनुसार, महिनाबारी पूरा भएको पाँचऔं देखी सातौं दिनसम्म । यो अवधिमा महिलालाई सहवासमा बढी आनन्द आउ“छ । जर्मनीको युनिभर्सिटी अफ बेम्बर्गनका अनुसन्धानकर्ताहरु एक हजार युवा र युवतीमा सर्वेक्षणपछि उपयुक्त निश्कर्षमा पुगेका हुन् ।

सहभागीहरुलाई महिलासँग कुन समय यौनसम्बन्ध राख्दा उनीहरुलाई बढी आनन्द अनुभूति हुन्छ भन्नेबारे सोधिएको थियो । यौन विशेषज्ञहरुका अनुसार, महिनाबारी पूरा भएको पाँचदेखी सात दिनसम्म यौनको ‘मुड’ मा बढी हुन्छ । महिनावारी पूरा भएपछि यौनका लागी उत्तेजित गर्ने हार्मोन सक्रिय हुन्छ । अनुसन्धाताहरुले त्यस अवधिमा युवतीहरुको मस्तिष्कको तरङमा समेत निकै अध्ययन गरे । त्यस अनुसार, महिनावारी पछिको तीन दिनमा हुने सहवासले बढी रमाइलो अनुभूति दिन्छ । यस्तो किन हुन्छ, पाँचऔं देखी सातौं दिनसम्म दिनसम्म गर्भाधारणको सम्भावना बढ्छ । यसैले यस अवधिमा सम्पर्कको तीव्र इच्छा जागृत हुन्छ । त्यो सर्वेक्षणमा युवतीहरुले महिनावारीपछिका तीन दिन पूर्ण यौनानन्दको चाहना राख्ने गरेका बताए । उनीहरुका अनुसार, त्यो बेला पाइने यौनानन्द अन्य दिनको दाँजोमा निकै सुखद, आह्लादक हुन्छ ।
अध्ययनमा के पनि पाइयो भने, महिनैपिच्छे तीन दिन गरिने सहवासले वैवाहिक जीवनलाई बढी रमाइलो बनाउने रहेछ, दुवै पार्टनरबीच भविष्या यौनको विषयलाई लिएर दूरी पनि नबढ्ने रहेछ ।